News Portal

  • तेस्रो त्रैमासमा नाफामा दोस्रो बन्यो ग्लोबल बैंक, निक्षेप र कर्जा लगानीमा आक्रामक

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    १६० पटक
    ७ बैशाख, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफा १७ प्रतिशतले बढाएको हो । सो अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो ।
    यो अवधिमा बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७ अर्ब ४३ कराड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    यस्तै, बैंकले ४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेको थियो भने २ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको थियो ।
    बैंकको हाल ३.९६ प्रतिशत खराब कर्जा पुगेको छ भने ८७.१७ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमाम बैंकको खराब कर्जा १.४५ प्रतिशत थियो भने सीडी रेसियो ९३.०७ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्