News Portal

  • एनएमबि बैंकको नाफा साढे २ अर्ब, एनपीएल ३ प्रतिशत पुग्यो

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    २१५ पटक
    ७ बैशाख, २०८०

    काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेर ६ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
    चैत मसान्तसम्म बैंकको निक्षेप ७ प्रतिशत बढेर १ खर्ब ९७ अर्ब ७३ करोड रुपैयाँ र कर्जा १ खर्ब ८५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकले सीडी रेसियो ८७.०८ प्रतिशत कायम राख्न सफल भएको छ ।
    समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५० प्रतिशत बढेर २.९६ प्रतिशत पुगेको जनाएको छ । बैंकको जगेडा कोषमा १२.३५ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ रकम जम्मा रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्