News Portal

  • ब्याज आम्दानी बढेपनि किन घट्यो प्राइम बैंकको नाफा ?

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    १९६ पटक
    ७ बैशाख, २०८०

    काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.३५ प्रतिशत घटेर २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत बढेर ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६३ करोड ५१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    बैंकको खराब कर्जा २.१२ प्रतिशत बढेर ३.०६ प्रतिशत पुगेको छ । जसकारण बैंकले ९९ करोढ ८६ लाख रुपैयाँ प्रोभिजन राख्नुपर्ने भएकाले नाफा घट्न पुगेको हो ।
    बैंकको निक्षेप संकलन ३.८६ प्रतिशत बढेर १ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ र कर्जा प्रवाह ३.४४ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकले सीडी रेसियो ८९.१३ प्रतिशत कायम राख्न सफल भएको छ ।
    बैंकको चुक्ता पूँजी ४ प्रतिशत बढेर १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष १०.१७ प्रतिशत बढेर ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ।
    नफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसा घटेर १६.९६ रुपैयाँमा सीमित भएको छ ।

     

    प्रतिकृया दिनुहोस्