News Portal

  • ज्योति विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    १४२ पटक
    ७ बैशाख, २०८०

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ६० प्रतिशत घटेको छ । गत आवमा कम्पनीले ५१ करोड ५७ लाख नाफा कमाएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा घटेर २० करोड १६ लाखमा सिमित भएको छ ।
    चालू आर्थिक वर्षमा कम्पनीको निष्क्रिय कर्जा घटेसँगै नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ३७ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा बढेर ३ दशमलव ८९ प्रतिशत पुगेको छ ।
    चुक्ता पूँजी ४ अर्ब ३९ करोड रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४९ करोड सञ्चिती रहेको छ । रिटेन्ड अर्निङमा २७ करोड भन्दा बढी ऋणात्मक छ ।
    त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ६० प्रतिशत घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा २१ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा बढेर १ अर्ब ६७ करोड पुगेको हो ।
    नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ११ पैसा रहेकोमा चालू आर्थिक वर्षमा घटेर ६ रुपैयाँ १२ पैसामा सिमित भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४५ दशमलव २८ गुणा,तरलता अनुपात २० दशमलव ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८० पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्