News Portal

  • कामना सेवा विकास बैंकले डाक्यो १६औं वार्षिक साधारण सभा

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    २१६ पटक
    ७ बैशाख, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लाभांश १६औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले बैशाख ३१ गते बिहान ११ः३० बजे, सिद्धार्थ बुटिक होटल, बौद्ध काठमाडौंमा सभा गर्ने जनाएको छ । बैंकको बैशाख ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
    सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ ४.४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गर्नेछ ।
    त्यस्तै सभाले कुनैपनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा प्राप्ति र गाभ्ने वा गाभिने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र उपयुक्त देखिएमा समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
    बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले बैशाख १५ गते बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार बैशाख १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्