News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरणमा उल्लेख्य सुधार, इपिएस ३६ रुपैयाँ

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    २१६ पटक
    ७ बैशाख, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरणमा उल्लेख्य सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तमा ६०.२५ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ६२ करोड थियो ।
    मुनाफामा उल्लेख्य सुधार सँगै प्रतिशेयर आम्दानी २३ रुपैयाँबाट ३६ रुपैयाँ पुगेको छ । बैंकले चैत मसान्तसम्ममा एक खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । खुद व्याज आम्दानी ७८ प्रतिशतले बढेर ४ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ ।
    पूँजीकोष अनुसार १६.६३ प्रतिशत रहेको बैंकको खराव कर्जा ०.९० प्रतिशत छ । चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब २५ करोड रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्