News Portal

  • नविल बैंकमा मर्जरको सिनर्जी : मुनाफा ५ अर्ब ११ करोड, प्रतिशेयर आम्दानी २४ रुपैयाँ

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    २१३ पटक
    ७ बैशाख, २०८०

    काठमाडौं । नविल बैंकमा मर्जरको सिनर्जी देखिएको छ । नेपाल बंगलादेश बैंकलाई गाभे सँगै बैंकको मुनाफा ५२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा नविलले ५ अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको मुनाफा तीन अर्ब ३५ करोड थियो ।
    खराव कर्जा अत्याधिक बढ्दा वितरण योग्य मुनाफा भने एक अर्ब ७७ करोड रुपैयाँ मात्रै छ । बैंकको खराव कर्जा १.१४ प्रतिशतबाट ३.८७ प्रतिशत पुगेको छ । चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको नविल बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड रुपैयाँ छ ।
    समिक्षा अवधिमा बैंकले तीन खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । खुद व्याज आम्दानी ८३ प्रतिशतले बढेर १२ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ । पूँजीकोष अनुपात १२.३४ प्रतिशत रहेको नविलको सिडी रेसियो ८७.६८ प्रतिशतमा झरेको छ । आधार व्याजदरमा भने उल्लेख्य बृद्धि भएर ९.९९ प्रतिशत छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी २५ रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्