काठमाडौं । कृषि विकास बैकले दराज अनलाईनसँग ईकम कारोवारको लागि सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकको तर्फवाट बैंकका उपमहाप्रवन्धक तथा प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदी तथा दराज अनलाइनको तर्फवाट अनलाईन पेमेन्ट प्रमुख अरुण फुयाँलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात कृषि विकास बैकका डेविट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले दराज अनलाईनले उपलव्ध गराएको अनलाईन प्लेटफर्म मार्फत बस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । जसका लागि बैकका कार्डबाहकहरुले नजिकैको शाखा कार्यालयहरुमा गई केवाइसी, आफ्नो मोवाईल नम्वर तथा ईमेल ठेगाना अद्याबधिक गर्नु पर्ने बैंकले जनाएको छ ।
हाल बैकले ईकम रजिस्ट्रेसन सेवा निशुल्क उपलव्ध गराएको छ । यसले गर्दा अनलाईन प्लेटफर्म मार्फत वस्तु तथा सेवा खरिद गर्न सक्ने भएकोले यसवाट कृषि विकास बैंकका ग्राहकहरुलाई सुविधा प्रदान हुने र बैंक तथा दराज अनलाईनका ग्राहकहरुले थप सुविधा पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
ईकम कारोवारको लागि कृषि विकास बैकले दराजसँग गर्यो सम्झौता
आर्थीकसंसार संवाददाता६ बैशाख, २०८०
६ बैशाख, २०८०- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?