News Portal

  • महालक्ष्मी विकास बैंकको नाफा ३६ करोड, सीडी रेसियो ७९ प्रतिशत

    आर्थीकसंसार संवाददाता६ बैशाख, २०८०
    २३९ पटक
    ६ बैशाख, २०८०

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ३६ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले सो नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ नाफा गरेको थियो । तर, गत आवको सोही त्रैमासको तुलनामा नाफा आधाले घटेको हो ।
    बैंकले यो अवधिमा ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४१ कर्जा रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही त्रैमासमा बैंकले ४१ अर्ब ७७ करोड निक्षेप संकलन र ३८ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
    बैंकको सीडी रेसियो ७९ प्रतिशत कायम भएको छ भने खराब कर्जा ४ प्रतिशतको हाराहारीमा छ । गत आवको सोही अवधिमा बैंकको सीडी रेसियो ८९.९८ प्रतिशत र खराब कर्जा २.८९ प्रतिशत थियो ।

     

    प्रतिकृया दिनुहोस्