News Portal

  • सिद्धार्थ बैंकको नाफा साढे १ अर्ब, सहजमा सीडी रेसियो

    आर्थीकसंसार संवाददाता६ बैशाख, २०८०
    २६३ पटक
    ६ बैशाख, २०८०

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको नाफा २८ प्रतिशतले घटेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
    बैंकले तेस्रो त्रैमाससम्म कुल २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८९ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
    यस्तै, बैंकको तेस्रो त्रैमासमा ३.९७ प्रतिशत खराब कर्जा देखिएको छ भने ८३ प्रतिशत सीडी रेसियो कायम भएको छ । गत आवको सोही त्रैमासकाे अवधिमा बैंकको खराब कर्जा १.१२ प्रतिशत र सीडी रेसियो ८९.७५ प्रतिशत थियो ।

     

    प्रतिकृया दिनुहोस्