News Portal

  • कुमारी बैंकका ग्राहकले मासिक किस्तामा मेसिनरी सामाग्री किन्न सक्ने

    आर्थीकसंसार संवाददाता४ बैशाख, २०८०
    ३३० पटक
    ४ बैशाख, २०८०

    काठमाडौं । कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ब्रेडिट कार्डवाहकहरुले अब लभ कुश इनोभेसनबाट मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी मासिक किस्तामा सजिलै गर्न सक्नेछन ।
    डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त बैंकले यो सहकार्य गरेको जनाएको छ ।
    कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्