News Portal

  • साढे दुई लाख कित्ता सेयर बेच्दै कामना सेवा विकास बैंक

    आर्थीकसंसार संवाददाता४ बैशाख, २०८०
    २२२ पटक
    ४ बैशाख, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो ।
    बैंकले संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ ।
    बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
    बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

     

    प्रतिकृया दिनुहोस्