News Portal

  • ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो

    आर्थीकसंसार संवाददाता४ बैशाख, २०८०
    २०१ पटक
    ४ बैशाख, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
    नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता ११४ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता २१ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो ।
    बैंकले संस्थापक सेयरधनी कुनाल कयाल नाममा रहेको ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । साथै, अन्य केही संस्थापक सेयरधनीहरुले समते आफ्नो नामको सेयर आंशिक वा पुरै बिक्री गर्ने भएका छन् ।
    बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३५ रुपैयाँ तोकेको छ । इच्छुक संस्थापक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ ।
    बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापकले बोलपत्र पेश नगरे सर्वासधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्