News Portal

  • महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    आर्थीकसंसार संवाददाता४ बैशाख, २०८०
    ३०३ पटक
    ४ बैशाख, २०८०

    काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज बैशाख ४ गते अन्तिम दिन हो । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गरेको हो ।
    बैंकले १ अर्ब रुपैयाँको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ ।
    बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
    लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।

     

    प्रतिकृया दिनुहोस्