News Portal

  • एनआईसी एशिया बैंकले धितोमा रहेको घरजग्गा र सवारी साधन बेच्दै

    आर्थीकसंसार संवाददाता३ बैशाख, २०८०
    २९३ पटक
    ३ बैशाख, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा राखिएको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका सम्पत्ति बिक्री गर्ने भएको हो ।
    बैंकले ऋणी हेटौडास्थित शिवशक्ति स्टोर्सका प्रोप्राइटर तथा जमानीकर्ता आदित्य ना. कुशवाहाको नाममा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने भएको हो । हेटौडा उपमहानगरपालिका ५ स्थित कित्ता नम्बर ४६५६, ४६४८ र ४६५२ को क्रमशः ०-०-१४-०, ०-१-६.५-० र ०-०-३.५-० बिघा घरजग्गा र शिवशक्ति स्टोर्सको स्वामित्वमा रहेका मालसामान बिक्री गर्नेछ ।
    यस्तै, भक्तपुर नगरपालिका ४ स्थित गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सका प्रोप्राइटर कान्छा लगुनको नाममा रहेको कोभ्रेको पनौति ८ मा रहेको कित्ता नम्बर ६६२ र ७४२ को क्रमशः ५४०.५३ र १२७.१६ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । साथै, गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सको स्वामित्वमा रहेका मालसामान पनि बिक्री गर्नेछ ।
    यस्तै, रुपन्देशीको बिन्दास ग्रुपका सञ्चालक तिलक प्रसाद भुसाल तथा जमानीकर्ता यज्ञप्रसाद भुसालको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ३६२ र १४९२ को क्रमशः १३०३.७० र १०१.५८ वर्गमिटर क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ ।
    यस्तै, साविक चन्दननाथ गा.वि.स.६ स्थित न्यू कनकासुन्दरी होटल एण्ड रेष्टुरेण्टका सञ्चालक काली बहादुर बुढाकी पत्नि दुधकला बुढाको नाममा रहेको कित्ता नम्बर ४४७ को ७८.५० वर्गमिटर क्षेत्रफल भएको घरजग्गा लिलामीमा बिक्री गर्नेछ ।
    यस्तै, नवलपरासी देवचुली नगरपालिका १३ का सन्तोष पौडेलको बा १५ च ९२५० नम्बरको डटसन रेडि मोडलको सवारी साधन बिक्री गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्