News Portal

  • सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्मको छुट

    आर्थीकसंसार संवाददाता३ बैशाख, २०८०
    १४० पटक
    ३ बैशाख, २०८०

    काठमाडाैं । सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा हेल्थ केयर अस्पताल तथा प्रसुती गृहका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बि. सि. शाहले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्