News Portal

  • महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता३ बैशाख, २०८०
    २२० पटक
    ३ बैशाख, २०८०

    काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् । बैंकको बानेश्वर शाखाले काठमाडौं महानगरपालिकावडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको हो ।
    काठमाडौं महानगरपालिकावडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफातथा सुन्दर काठमाडौं बनाउनमद्दत पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
    त्यस्तै, बैंकको वीरगंज शाखाले अलखिया मठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण गरेको छ । अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि खानेपानीको आवश्यकता परिपुर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको हो ।
    वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्