News Portal

  • कामना सेवा विकास बैंकको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    १६६ पटक
    ३० चैत, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएकाले बैंकले सो वापतको शेयर बिक्री गर्ने जनाएको छ ।
    बैंकका शेयरधनी विजय मोहन भटराईको नाममा रहेको ५ हजार कित्ता बिक्रीमा ल्याएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
    उक्त शेयर खरिदको लागि ३५ दिन भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नपरेमा प्रचलित कानुन अनुसार अन्य ब्यक्ती तथा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्