News Portal

  • गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२४ बैशाख, २०८१
    २३ पटक
    २४ बैशाख, २०८१

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर (समुक क) विक्री गर्ने भएको छ । बैंकले बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको केही कित्ता शेयर विक्री गर्नका लागि निवेदन पेश गरे बमोजिम बैंकले ४ लाख २६ हजार ९९०.३० कित्ता शेयर बिक्रीमा राखेको हो ।

    यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापकहरूले जेष्ठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

    बैंकले तोकएको उक्त समयावधिभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि निवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने छ ।
    प्रतिकृया दिनुहोस्