
काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार एक हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टाममा थप १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ भने २४ घण्टामा कोरोना निको हुनेको कुल संख्या ७८ हजार ७ सय ८० पुगेको गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८ सय ६७ जना रहेका छन् ।
यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।