News Portal

  • मेगा बैंकले दुर्घटनामा दिवंगत सेनाका परिवारलाई ७ लाख प्रदान

    आर्थिकसंसार संवाददाता२२ साउन, २०७७
    ७५३ पटक
    २२ साउन, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई प्रदान गरेको छ ।
    मेगा बैंकमा ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई बैंकले सोही खाताको बिमा बापत सात लाख रुपैँया हस्तारन्तरण गरेको हो । गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्र जंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका–११ स्थित घरमा बिदामा गएका बेला २०७६ साल फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो ।
    मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्र जंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टिकाराम रानालाई बिमा बापतको रकम हस्तान्तरण गरेका थिए ।
    न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन । सिइओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको हो ।

    प्रतिकृया दिनुहोस्