News Portal

  • गरिमा विकास बैंकको २०८० को क्यालेण्डर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१८ चैत, २०७९
    २०४ पटक
    १८ चैत, २०७९

    काठमाडौं । गरिमा विकास बैंकले याँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर सार्वजनिक गरेको छ ।
    बैंकले शुक्रबार आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
    बैंकले देशभित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेबल क्यालेण्डर प्रकाशन गरेको छ ।
    यस्तै, सोहि कार्यक्रममा बैंकका सीइओ ढकालले स्तरोन्नती गरी ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारम्भ गरे ।
    गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्