News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ चैत, २०७९
    २८५ पटक
    १७ चैत, २०७९

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,०१,०६,६९,६६२ को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम १,३५,२२,२१३.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    साथै आ.व. ०७८/७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । जसमध्ये, उज्जवल सत्याल  संस्थापक समूह, सुशिल काजी बानियाँ संस्थापक समूह, गंगा सागर ढकाल  सर्वसाधारण समूह, लिसा शेरचन  सर्वसाधारण समूह, सुजन सिद्धि बज्राचार्य संस्थापक समूह र नरेश ढुंङगाना  सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन् ।
    बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्