News Portal

  • प्रभु बैंकका संस्थापक धमाधम बाहिरीँदै, एकैपटक १५ जना सेयर बेच्दै

    आर्थीकसंसार संवाददाता१६ चैत, २०७९
    २५८ पटक
    १६ चैत, २०७९

    काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् ।
    बैंकबाट एकैपटक १५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक १५ जना सेयरधनीहरुले १४ लाख १६ हजार १९५ कित्ता सेयर बेच्न लागेका हुन् ।
    बैंकले संस्थापक शैलेश श्रेठको नाममा रहेको ६ लाख कित्ता, कमान सिंह खड्को २९ हजार कित्ता, जय प्रकाश चौधरीको १६ हजार १५९ कित्ता, भूपाल दाहालको ६२ हजार १५२ कित्ता, विमल तिमल्सिनाको ८ हजार ५३२ कित्ता र धर्मभक्ता बल्लको १ लाख ६५ हजार ९१ कित्ता सेयर बिक्रीमा राखेको हो ।
    यस्तै, डेगेन्द्र कुमार श्रेष्ठको २ लाख कित्ता, केदार प्रसाद श्रेष्ठको ४७ हजार १६८ कित्ता, रत्न बहादुर अवालेको ३४ हजार ५८५ कित्ता, केशब तुलाधरको ३१ हजार ८९१ कित्ता र दुर्गा बोहराको २१ हजार ३७० कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, झपट बहादुर बोहराको १५ हजार ६९ कित्ता, ज्ञानेन्द्र प्रसाद अर्यालको ३२ हजार कित्ता, मनोज कुमार जोशीको १८ हजार ९६० कित्ता र प्रदिप मान बैद्यको १ लाख ३४ हजार २१८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
    बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
    यसअघि गत चैत २ गते पनि बैंकले संजय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता, श्रवण कुमार अग्रवाल र राजेश कुमार अग्रवालको समान ५९ हजार ७५९ कित्ता, भोज कुमार सिटौलाको ३३ हजार १८ कित्ता, सचित्र मान शाक्यको ३० हजार ६५० कित्ता, कृष्ण प्रसाद आचार्यको ८६ हजार ४६८ कित्ता र विनिता अधिकारीको २ लाख कित्ता गरी कूल ५ लाख ७ हजार ९३७ कित्ता सेयर बिक्रीमा राखेको थियो ।

     

    प्रतिकृया दिनुहोस्