News Portal

  • नबिल बैंकले ४ किलोमिटर टाढासम्म शाखा कार्यालय सार्दै

    आर्थीकसंसार संवाददाता१५ चैत, २०७९
    २८४ पटक
    १५ चैत, २०७९

    काठमाडौं । नबिल बैंकले संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले विभिन्न ठाउँका २ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले चैत १९ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता स्थानान्तरण गरि नयाँ स्थानबाट संचालन गर्ने जनाएको छ ।
    बैंकले कैलालीको धनगढी र बाँकेको नेपालगञ्ज शाखा स्थानान्तरण गर्ने भएको हो । बैंकले हालको शाखा कार्यालयबाट ४ किलोमिटरको दुरीमा धनगढी उपमहानगरपालिका ३ बोराडाडीमा स्थानान्तरण गरेको हो । धनगढी २ बाट लकर तथा खाता स्थानान्तरण भइ सेवा सुचारु रहने बैंकले जनाएको छ ।
    यस्तै, नेपालगञ्ज नगरपालिका २ मा रहेको शाखा नेपालगञ्ज ३ भानुभक्त चोक न्युरोड स्थानान्तरण भएको बैंकले जनाएको छ । उक्त शाखा हालको शाखा कार्यालयबाट २ किलोमिटर टाढा रहेको बैंकले बताएको छ ।
    शाखा कार्यालहरुको लकरमामा कुनै टुटफुट हुेन सामान भएमा लकर सार्नु अगावै चैत १६ गतेसम्म निकाल्न बैंकले आग्रह गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्