News Portal

  • नेपाल एसबिआई बैंकले एटिएम मेसिनसहित स्थीर सम्पत्ति बेच्दै

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७९
    ३७६ पटक
    २६ फागुन, २०७९

    काठमाडौं । नेपाल एसबिआई बैंकले गैह्र बैंकिङ्ग (स्थीर) सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो ।
    बैंकको काठमाडौं महानगरपालिका २८ कमलादीमा रहेका पुराना सामान तथा स्थिर सम्पत्तिहरु जे जस्तो अबस्थामा छन् सोही अवस्थामा शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने भएको हो ।
    उक्त सम्पत्तिहरु खरिद गर्न इच्छुक व्यक्ति, वित्तीय संस्था, कम्पनी वा फर्महरुले बैंकको प्रधान कार्यालयको सामान्य सेवा विभागमा सम्पर्क गर्नुपर्नेछ ।
    बैंकले एक थान ३२० केभीए साइलेन्ट डिजेल जेनेरटर, एक थान ट्रान्सफर्मर, एक÷एक थान एकाउन्ट ओपनिङ, डेबिट कार्ड प्रिन्टिङ र २ थान चेक डिपोजिट किओस्क र एटिएम मेसिन २ थान बिक्री गर्ने भएको हो ।
    कति मुल्यमा खरिद गर्न चाहेको हो सोको व्यहोरा स्पष्ट बुझिने गरी बोलपत्र पेश गर्नुपर्नेछ । खरिद गर्न चाहेको प्रत्येक सामानको छुट्टा–छुट्टै रकम अंकित गनुपर्नेछ र प्रत्येक सामानको छुट्टा छुट्टै रकम अंकित बोलपत्र पेश गर्न सकिनेछ ।

     

    प्रतिकृया दिनुहोस्