News Portal

  • सानिमा नारी बचत खाता खोल्दा निःशुल्क डेबिट कार्डका साथै क्यासब्याक पनि

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७९
    २३९ पटक
    २३ फागुन, २०७९

    काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ ।
    योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ बैंकले जनाएको छ । बैंकको अनुसार उक्त योजना चैत्र १ गतेसम्म लागू हुनेछ ।
    यसका साथै उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रुपेयाँसम्मको क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ । यो क्यासब्याक योजना चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुने बैंकल जनाएको छ ।
    सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरु संचालनमा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्