News Portal

  • माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता, डिजिटल कारोबारलाई प्रोसाहन गर्ने

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७९
    २१५ पटक
    २३ फागुन, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सबेरीबिच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका हुन् ।
    सम्झौता पश्चात सेल्सबेरीसंग आवद्ध यसका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएस मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन् ।
    यसैबीच बैंकले हरेक हप्ताको सोमबारका लागि ‘मनडे म्याडनेस’ योजना सञ्चालन गरि रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा ईकमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु। २२३ सम्म छुट पाउनेछन् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्ड बाट गरिएका कारोबारमा मात्र लागु हुनेछ ।
    माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्