News Portal

  • काठमाडौं उपत्यकामा थपिए २ हजार ५ सय ४० जना कोरोना संक्रमित

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
    १६०६ पटक
    २२ असोज, २०७७

    काठमाडौं । काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
    मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ८५ , ललितपुरका ३ सय २० , तथा भक्तपुरका १ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । थप देशभर कुल चार हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । बिहिबार उपत्यकामा मात्रै २ हजार ५ सय ४० संक्रमित थपिएका छन् । सरकारले गत भदौ मसान्तबाट काठमाडौंमा झन्डै १ महिना जारी गरेको निषेधाज्ञा हटाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । अहिले देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित रहेका छन्, जसमध्ये १४ हजार ९ सय ६७ घरमै बसेर उपचार गरिरहेका छन् । अस्पताल तथा अन्य विभिन्न निकायले तयार पारेको आइसोलेसन सेन्टरमा ११ हजार ७ सय १७ संक्रमित छन् ।
    काठमाडौं उपत्यकाभरी यतिबेला दैनिक साढे २ हजार कोरोना संक्रमित फेला पर्न थालेका छन् । तर सरकारले अस्पतालमा ३ हजार बेड संक्रमितका लागि छुट्याएको छ भने संस्थागत आइसोलेशनमा नाममा विभिन्न सामाजिक संस्था तथा अन्य संस्थाले तयार परेको २ हजार आइसोलेशन बेड संख्या छ । यी बेडहरु पनि यतिबेला संक्रमित बिरामीले भरिइसकेका छन् । गत भदौंमा सरकारले गृह मन्त्रालयलाई ५ हजार बेड क्षमताको क्वारेन्टाइन र स्वास्थ्य मन्त्रालयलाई ५ हजार बेड क्षमताको आइसोलेशन सेन्टर तयार पार्ने जिम्मेवारी दिए पनि दुबै मन्त्रालयले पर्याप्त रुपमा तयार पार्न सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार उपत्यकाका अस्पतालमा ३ हजार र संस्थागत रुपमा २ हजार बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । उपत्यकामा बढिरहेको संक्रमणको संख्याअनुसार आइसोलेसन बेडको कमी हुनुका साथै अभाव बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस्