News Portal

  • यस्तो आयो आगामी आर्थिक वर्षको मौद्रिक नीति

    आर्थीकसंसार संवाददाता२७ असार, २०८२
    २३९ पटक
    २७ असार, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।

    राष्ट्र बैंकमा आज गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीतिमा ब्याजदर करिडोरका सीमाहरु घटाइएको छ।

    यसैगरी बैंकिङ क्षेत्रको सुधारका लागि मौद्रिक नीतिमार्फत थप व्यवस्थाहरु ल्याएको छ। जसअनुसार वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर मूल्यांकन गरिएको भएको छ।

    मौद्रिक नीतिमार्फत शेयर धितोमा एकल ग्राहक कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ। यसअघि १५ करोड रुपैयाँ थियो।

    त्यस्तै सरकारले पूर्वाधार क्षेत्रमा लगानीकर्ता उद्देश्यले स्थापना गरेका निकायहरुले ल्याउने ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले पनि लगानी गर्न पाउने बाटो मौद्रिक नीतिमार्फत खुला गरिएको छ।

     

    प्रतिकृया दिनुहोस्