News Portal

  • देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १६६५ पटक
    १९ असोज, २०७७

    काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । गौतमका अनुसार आज थपिएका २ हजार ४ सय ४० सहित कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ । जसमध्ये ६५ हजार २ सय २ जना निको भएका छन् । यस्तै हाल देशभर क्वारेन्टाइनमा ४ हजार ३३ जना रहँदा होम आईसोलेसनमा १२ हजार ३ सय १६ र संस्थागत आईसोलेसनमा ११ हजार १ सय ९१ पुगेको छ । यसैगरी आजसम्म आईसीयूमा २ सय ४४ र भेन्टिलेटरमा ४३ जना रहेका छन् । ३ वर्षीय बालकसहित कोरोनाबाट थप १९ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको छ ।
    यसैबीच आज काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १ हजार १ सय ७८, भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १३ हजार ७ सय ८१ जनाको पीसीआर भएको छ भने हालसम्म १० लाख ८८ हजार २ सय २९ जनाको पीसीआर भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्