News Portal

  • लक्ष्मी र सनराइज बैंकबीच मर्जर प्रारम्भिक सम्झौता

    आर्थीकसंसार संवाददाता२५ पुस, २०७९
    २२३ पटक
    २५ पुस, २०७९

    काठमाडौं । लक्ष्मी र सनराइज बैंकबीच मर्जर प्रारम्भिक सम्झौता भएको छ । सोमबार काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमबीच यी बैंकहरुले समान सेयर स्वाप रेसियोमा आपसमा मर्जर हुने सम्झौता गरेका हुन् ।
    उक्त सम्झौता पत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका हुन् । मर्जर पछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने सम्झौता पत्रमा उल्लेख छ । साथै, मर्जर प्रक्रियालाई अघि बढाउन संयुक्त मर्जर कमिटी समेत गठन गरिएको छ । संयुक्त मर्जर कमिटीमा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् भने लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा रहने छन् ।
    कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
    लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । मर्जरपछि बैंक बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ ।

    प्रतिकृया दिनुहोस्