News Portal

  • ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस सेयरभन्दा नगद बढी

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    ४२९ पटक
    २४ पुस, २०७९

    काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछन ।

     

    प्रतिकृया दिनुहोस्