News Portal

  • कृषि व्यवसाय प्रवर्द्धन गर्न मेगा बैंकले गर्याे किन्निहो प्रालिसँग सम्झौता

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    २९० पटक
    २४ पुस, २०७९

    काठमाडौं । मेगा बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धनका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेटसँग सम्झौता गरेको छ ।
    काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    सम्झौतापश्चात् विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा बैंकले कर्जा प्रदान गर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
    बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्ने गरेको बताए । बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
    मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।

     

    प्रतिकृया दिनुहोस्