News Portal

  • ग्लोबल र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार पुस २५ गतेदेखि, शेयर कारोबार बन्द हुने

    आर्थीकसंसार संवाददाता२२ पुस, २०७९
    ४५८ पटक
    २२ पुस, २०७९

    काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गर्ने भएका छन् । संयुक्त कारोबार प्रयोजनका लागि बैंक अफ काठमाण्डूको पुस २२ गतेदेखि २४ गतेसम्म बैंकिङ कारोबार पनि बन्द हुने भएको छ । बैंकले डेटा माइग्रेसनका लागि बैंकिङ कारोबार नै बन्द गर्न थालेको हो ।
    एकिकृत कारोबार सुरु भएको दिनदेखि बैंकको शेयर कारोबार पनि बन्द हुनेछ । दुबै बैंकले गत मंसिर २३ को साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
    त्यस्तै, बैंक अफ काठमाण्डू गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व ग्लोबल आइएमई बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरमा जाने स्वीकृति दिएको थियो ।
    मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुनेछ । दुबै बैंकले १:१ को स्वाप रेसियोमा मर्जर गरेका हुन् । मर्जर पछि दुबै बैंकको शेयरधनीको शेयरमा कुनै पनि परिवर्तन हुने छैन ।
    हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २४ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको चुक्ता पूँजी ११ अर्ब २६ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी ३६ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्