News Portal

  • प्रभु र सेन्चुरीको बैंकको एकीकृत कारोबार पुस २६ गते, ४ दिन सेवा बन्द रहने

    आर्थीकसंसार संवाददाता२२ पुस, २०७९
    १५५ पटक
    २२ पुस, २०७९

    काठमाडौं । प्रभु र सेन्चुरी कमर्शियल बैंकको एकीकृत कारोबार मिति तय भएको  छ । प्रभु बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २६ गते मंगलबार तय भएको जानकारी दिएको हो ।
    यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि चार दिन पुस २२ राती १० बजेदेखि २६ गते बिहान १० बजेसम्म प्रभु र सेन्चुरीद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सम्पुर्ण सेवाहरु बन्द रहने जानकारी दिएको छ ।
    दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।
    प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्