News Portal

  • ग्लोबल र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार पुस २५ गतेदेखि, तीन दिन सबै सेवा बन्द रहने

    आर्थीकसंसार संवाददाता२१ पुस, २०७९
    २७५ पटक
    २१ पुस, २०७९

    काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको मिति तय भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस २५ गते सोमबार तय भएको जनाएको हो ।
    नेपाल राष्ट्र बैंकले पुस १७ गते दुवै बैंकलाई मर्जर हुने अन्तिम स्विकृती दिएको थियो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई हुनेछ ।
    यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि तीन दिन अर्थात पुस २२, २३ र २४ गते दुबैं कैंबले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ ।
    ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् ।
    मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । तर, दुवै बैंकले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको हुँदा चुक्ता पूँजी थप हुन सक्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ ।
    बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ र कर्जा ३ खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । मर्जर पश्चात् बैंकको शाखा सञ्जाल ३६५ वटा र एटीएम ३२८ वटा पुग्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्