News Portal

  • सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलको सेवामा आकर्षक छुट पाउने

    आर्थीकसंसार संवाददाता१८ पुस, २०७९
    २८६ पटक
    १८ पुस, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउने जनाएको छ ।
    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ। बैंकले भारतको दिल्ली स्थित मेदान्त हस्पिटल लगायत मुलुकको करिब २५ अस्पतालसग छुट सहकार्यको सम्झौता गरेको छ ।
    बैंकले १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्