News Portal

  • लक्ष्मी बैंकले केयुमा पढ्ने महिलाहरुलाई छात्रवृत्ति दिने, विश्वविद्यालयसँग गर्यो सम्झौता

    आर्थीकसंसार संवाददाता१८ पुस, २०७९
    ३६४ पटक
    १८ पुस, २०७९

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धता स्वरुप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ ।
    सो सम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा. डा. विपिन अधिकारीले हस्ताक्षर गरेका छन् ।
    उक्त छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिकरुपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाईे उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने जनाएको छ । बैंकका अनुसार छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनौट सम्बन्धी प्रकृया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवद्र्वन गर्नेछ ।
    छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले रु १ करोड बराबरको अक्षयकोषको स्थापना गर्नेछ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययन सम्बन्धी खर्च व्यहोर्न प्रयोग हुने बैंकले जनाएको छ ।
    लक्ष्मी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व रणनीति अन्तर्गतको प्रमुख प्राथमिकतामा रहेको लैंगिक समानताको उत्थानका लागि यस छात्रवृत्ति कार्यक्रमको माध्यमबाट योगदान पु¥याउँदै महिलाहरुले फरक पृष्ठभुमिको बावजुत उपयोग्य तथा आफ्नो छनौटको पेशा अवलम्बन गर्न आवश्यक सहायता, आत्मविश्वास तथा दक्षता प्राप्त गरी समतामूलक समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्