News Portal

  • ग्लोबल आईएमई बैंकलाई मर्जरको अन्तिम स्वीकृति, नाममा बीओके नहुने

    आर्थीकसंसार संवाददाता१७ पुस, २०७९
    ३७४ पटक
    १७ पुस, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू(बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको १४ पुस बिहीबार बसेको सञ्चालक समितिको बैंठकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
    यस्तै, एकिकृत कारोबारको लागि दुवै बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नाम भने परिवर्तन भएको छ । दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।
    यसअघि प्रस्ताव गरिएको बैंकको नाममा बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाममा ल्याउन भनेको थियो ।

     

    प्रतिकृया दिनुहोस्