News Portal

  • आजदेखि कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार, चुक्ता पूँँजी २६ अर्ब पुग्ने

    आर्थीकसंसार संवाददाता१७ पुस, २०७९
    ४४३ पटक
    १७ पुस, २०७९

    काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आज पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । हाल मर्जर प्रक्रियामा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पछि मर्जर सम्झौता गरेका यी दुई बैंकले सबैभन्दा पहिला एकीकृत कारोबार गर्न सफल भएका हुन् । मर्जर सम्झौता भएको ३ महिनामा नै यी दुई बैंकको एकीकृत कारोबार हुन लागेको हो ।
    कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज १० गते मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
    यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् ।
    नेपाल राष्ट्र बैंकले गत पुस ६ मा दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्विकृती दिएको थियो । एकीकृत कारोबार पश्चात् चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुग्नेछन् ।

    प्रतिकृया दिनुहोस्