News Portal

  • अब कुमारी बैंकले सेयरधनीलाई बढी रिटर्न दिन सक्नुपर्छ : रमण नेपाल

    आर्थीकसंसार संवाददाता१७ पुस, २०७९
    ३८२ पटक
    १७ पुस, २०७९

    काठमाडाै ं। नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कुमारी बैंकले मर्जपछि सेयरधनीहरुलाई बढी रिटर्न दिन सक्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
    उनले मर्जरपश्चात कुमारी बैंकले सेयरधनीहरुलाई बढी रिटर्न दिन सक्नुपर्ने र नम्बर वान हुने दौडमा अगाडी बढ्नुपर्ने बताएका हुन् ।
    उनले मर्जपछि बैंकको सिनर्जी राम्रो हुने बताए । ‘बैंक मर्जभएपछि सिनर्जी राम्रो हुन्छ, कारोबार पनि ठूलो हुन्छ, शाखा संजालमार्फत वित्तीय सेवा पनि बढ्ने र देशभर सेवा पुग्छ, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि पहुँच पुग्छ,’ उनले भने ।
    यस्तै, उनले ठूलो चुनौती भएपनि दुवै बैंकका कर्मचारीलाई सहि व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले कुमारी र एनसीसी बैंकको मर्जरमा बैंकर संघले पुर्ण सहयोग गर्ने पनि बताए ।

     

    प्रतिकृया दिनुहोस्