News Portal

  • राष्ट्र बैंकले २.७५ लाख केजी बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता१५ पुस, २०७९
    ६०२ पटक
    १५ पुस, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २.७५ लाख केजी बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा चलनचल्ती अयोग्य बैंकनोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट तथा स्रेडेड टुक्राहरू बिक्री गर्ने भएको हो ।
    राष्ट्र बैंकका अनुसार ब्रिकेट तथा स्रेडेड टुक्राहरू वार्षिक करिब २.७५ लाख केजी परिमाणमा रहेका छन् । बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्ने भएकाले सिलबन्दी प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
    ब्रिकेट तथा स्रेडेड टुक्राहरू सबै खरिदकर्ताहरूबाट दरभाउ प्रस्ताव प्राप्त गरी मूल्य प्रतिस्पर्धाका आधारमा बिक्री गर्ने भएको हो । खरिद गर्न इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरूबाट ४५ दिन अर्थात् फागुन १ गतेभित्र शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको हो ।
    सिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने फारम २ हजार रुपैयाँ भुक्तानी गरी राष्ट्र बैंकका कार्यालयबाट खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ताले विभाग वा कार्यालयपिच्छे खरिद गर्न मञ्जुर गरेको परिमाण तोकी फरक–फरक वा एकमुष्ट मूल्य प्रस्ताव पेश गर्न सक्नेछ । खरिद गर्न इच्छुकले वार्षिक खरिद गर्न चाहेको रकमको न्यूनतम १० प्रतिशत रकम बैंक ग्यारेन्टी समावेश गर्नु पर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्