News Portal

  • विदेशी मुद्रा विनिमय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ पुस, २०७९
    ३१६ पटक
    १५ पुस, २०७९

    काठमाडौं । गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघको नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि ११० जना भन्दा बढिको उपस्थितीमा ठमेलमा रहेको होटल मस्याङ्दीमा सम्पन्न भएको हो ।
    उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितीको बारेमा भनाई राखेका थिए ।
    हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्