News Portal

  • ५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक

    आर्थीकसंसार संवाददाता१४ पुस, २०७९
    ३८० पटक
    १४ पुस, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न अर्बाै रुपैयाँ बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो ।
    केन्द्रिय बैंकले बिहीबार ५० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बोलकबोलमार्फत् जारी हुने भएकाले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् । उक्त रिपो डेढ महिनाको लागि जारी गर्ने भएको हो । बिहीबार जारी गरेको रिपो माघ २९ गते परिपक्व हुनेछ ।

    प्रतिकृया दिनुहोस्