News Portal

  • अर्थमन्त्री पौडेलसँग बैंकरहरुको भेट, वित्तीय स्थायीत्वका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता

    आर्थीकसंसार संवाददाता१३ पुस, २०७९
    ३६५ पटक
    १३ पुस, २०७९

    काठमाडौं । नेपाल बैंकर्स संघले वित्तीय स्थायीत्वका लागि सरकारलाई सहयोग गर्न तयार रहेका बताएको छ । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको भेटमा बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले वित्तीय स्थायित्व र आर्थिक विकासका लागि बैंकरहरुले पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको बताएका हुन् ।
    वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमितिका पदाधिकारीले नव नियुक्त अर्थमन्त्रीलाई बुधबार अर्थमन्त्रालयमा भेटेका छन् । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले अर्थ मन्त्रालयमा भेट गरेका हुन् ।
    भेटमा बैंकरहरुले मन्त्री पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्