News Portal

  • नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७९
    ३१७ पटक
    १९ मंसिर, २०७९

    काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    स्रोतका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
    कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । बीमा प्राधिकरणले तोकेको २ अर्ब ५ करोड रुपैयाँ पूँजी पुर्याउन कम्पनीलाई ५० करोड रुपैयाँ आवश्यक पर्नेछ । हाल प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बराबर हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई १५.५ प्रतिशत बोनस सेयर र ०.८२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्