News Portal

  • नेशनल लाईफको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ४ अर्ब नाघ्यो

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७९
    १७२ पटक
    १८ मंसिर, २०७९

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको हो ।
    यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (करसमेत) पाउने भएका छन् ।
    ४ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बोनसपछि ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीलाई ३६ करोड रुपैयाँ आवश्यक परेको छ । जुन तोकिएको समय अर्थात २०७९ चैतभित्र सहज रुपमा पुर्याउने कम्पनीको दावी छ ।

     

    प्रतिकृया दिनुहोस्