News Portal

  • सिद्धार्थ बैंकका ग्राहकहलाई विराटचोकको नेपालीरिका होटलमा २० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७९
    ५८२ पटक
    ५ भदौ, २०७९

    काठमाडौं । सिद्धार्थ बैंक र विराटचोकस्थित नेपालीरिका होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटलमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्