News Portal

  • माछापुच्छ्रे बैंक र फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनलबीच सम्झौता

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७९
    ५२१ पटक
    ५ भदौ, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंक र फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनल नेपालबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनका अध्यक्ष बासु नेपाल र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका हुन् ।
    सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ ।
    बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्ने जनाएको छ । साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न पनि सक्नेछन् ।
    माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा रहेका १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्